खेल


जनकपुरका शेर मल्ल भन्छन्- सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौँ

जनकपुरका शेर मल्ल भन्छन्- सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौँ

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार २२:४, काठमाडौँ

जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको जनकपुरले बिहीबार दिउँसो काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। उक्त खेलपछि पत्रकारसँग कुरा गर्दै शेरले सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको शेरले बताए।

उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौँ गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोहीअनुरूप प्रदर्शन पनि गरेको अनुभव सुनाए।

 

लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले सम्हालिएर खेलेको उनको भनाइ थियो।

‘छिट्टै चार विकेट जाँदा कठिन भएको थियो तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास थियो,’ उनले भने, उनले भने ‘टोलीमा रहेका सबै खेलाडीले आफू जित दिलाउन सक्षम छु भनेर खेल्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको छ।’

भारतमा बलिङ प्रशिक्षण लिएकाले केही भेरिएसनमा बलिङ गर्न मद्दत मिलेको शेरको भनाइ थियो। सुरुका खेलमा शीर्ष क्रम र अहिले मिडल अर्डरबाट साथ पाएको उनले उल्लेख गरे।

आगामी खेलमा सबैले राम्रोसँग ब्याटिङ गर्ने उनको विश्वास छ।

काठमाडौँका स्टेफन इस्किनाजीले यो पिचमा ब्याटिङ गर्न सहज नभएको बताए। काठमाडौँले ब्याटिङमा राम्रो गर्न नसक्दा नै खेल हार्नुको मुख्य कारण रहेको उनको बुझाइ छ। तर, जिमी निसिमले उत्कृष्ट ब्याटिङ गरेको उनको मूल्यांकन छ।

आफ्नो लागि त्रिवि मैदानमा ब्याटिङ गर्नु रमाइलो र अद्भूत अनुभूति रहेको उनले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad