खेल


सुपर ओभरमा पोखरा विजयी, विराटनगरको प्लेअफ पुग्ने सम्भावना कमजोर

सुपर ओभरमा पोखरा विजयी, विराटनगरको प्लेअफ पुग्ने सम्भावना कमजोर

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १२:३७, काठमाडौँ

विराटनगर किंग्स नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना थप क्षीण बनेको छ।

यसअघि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिएको थियो। 

टस जितेर ब्याटिङ रोजेको विराटनगर किंग्सले ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो। 

१४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पनि ६ विकेट क्षतिमा १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। 

रोचक सुपर ओभर 
सुपर ओभरमा पोखराले पहिले ब्याटिङ ग¥यो। विराटनगरका कप्तान सन्दीप लामिछाने आफैँ बलिङमा आए। उनको पहिलो र दोस्रो बलमा रेमन रिफरले छक्का हाने। त्यसपछि लामिछानेले तेस्रो बल डट फाले। चौथो बलमा फेरि रिफरले चौका हाने। पाँचौँ बलमा रिफरले १ रन लिए भने छैठौँ बलमा गाउसले १ रन जोडे। 

योसँगै विराटनगरले जितका लागि १९ रनको लक्ष्य पायो। 

यता पोखराले रिफरलाई नै बलिङको जिम्मा दियो। मार्टिन गुप्टिल र निकोलस किर्तनलाई ब्याटिङमा पठायो। सुपर ओभरमा जवाफी ब्याटिङमा विराटनगरले बाउन्ड्री हान्नै सकेन। 

पहिलो बलमा गुप्टिलले १ रन लिए। दोस्रो बलमा किर्तनले पनि १ रन नै बटुले। तेस्रो बेल गुप्टिलले १ रन लिँदा चौथो बल रिफरले डट फाले। पाँचौँ बलमा किर्तनले फेरि १ रन जोड्दा रिफरको अर्को बल वाइड भयो।

अन्तिम बलमा रन बन्न सकेन। सुपर ओभरमा विराटनगरले मात्र ५ रन जोडेपछि पोखरा विजयी भयो। 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरका लागि लोकेश बमले २६, मार्टिन गुप्टिलले ५, नरेन भट्ट ४, स्कट एडवार्ड ४५, निकोलस किर्तन १९, बसिर अहमद २१, क्रिस सोल ७, दिपक बोहरा ४ र नटआउट रहेका प्रतिश जिसीले ४ रन जोडेपछि १३९ रन बनेको थियो। पहिलो इनिङमा पोखराले विराटनगरलाई ४ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ पोखराका विपिन खत्री र माइकल लिस्क विकेटविहीन हुँदा सागर ढकाल र रेमन रिफरले समान २ विकेट लिए। कुशल भुर्तेल र दिनेश खरेलले पनि समान १ विकेट लिए। 

१४० रनको लक्ष्य पछ्याएको पोखराका लागि दिनेश खरेलले ११, आन्द्रेस गाउसले ३९, कुशल भुर्तेलले ३१ र जेन मलिकले ४ रन जोडे।

त्यसैगरी रेमन रिफरले ३४ रन जोड्दा तीर्थ राज दास शून्य रनमा पवेलियन फर्किए। माइकल लिस्कले ११ र नटआउट रहेका नारायण जोशीले २ रन जोडे। ७ रन उपहार पाएको पोखरा पनि १३९ रनमै समेटिन पुग्यो र खेल सुपर ओभरमा गयो। 

विराटनगरका प्रतिश जिसी एक्लैले ४ विकेट लिए पनि जिताउन सकेनन्। उनीबाहेक क्रिस सोलले पोखराको २ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad