खेल


जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङमा

जनकपुरविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङमा

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार ८:३५, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) को पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो।

जारी लिग माजनकपुर बोल्ट्स खेलमा शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा। दुई टोलीबीचको प्रतिस्पर्धा अहिले ९ बजे सुरु हुनेछ। 

लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ।

आजको यो खेलमा आशिफ र आरिफ शेख आमनेसामने हुनेछन्। उनीहरू सहोदर दाजुभाइ हुन्। 

उपाधि दाबेदारका रूपमा हेरिएको जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिँदै छ।

लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चौथो जितका साथ प्लेअफ सम्भावनालाई बलियो बनाउन चाहन्छ।

एनपीएलमा जनकपुरसँगै सुदूरपश्चिमलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad