खेल


एकअर्काविरुद्ध भिड्नुअघि जनकपुर र सुदूरपश्चिमले गरे यी खेलाडी परिवर्तन

एकअर्काविरुद्ध भिड्नुअघि जनकपुर र सुदूरपश्चिमले गरे यी खेलाडी परिवर्तन

फाइल तस्बिर: त्रिवि क्रिकेट मैदानमा एनपीएल हेर्दै दर्शक


नेपालखबर
मंसिर २६, २०८१ बुधबार ८:५१, काठमाडौँ

एनपीएलमा उपाधि दाबेदार मानिएका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स केही बेरमा भिड्दै छन्।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। 

उनीहरूले दुवैले एकअर्काविरुद्ध मैदान उत्रिनुअघि केही खेलाडी परिवर्तन गरेका छन्।  

सुदूरपश्चिमले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। उसले दिलप्रित बाज्वाको स्थानमा हरमित सिहं सुरुवाती ११ मा ल्याएको छ। 

जनकपुरले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। उसले हेमन्त धामी, मोहम्मद मोहसिनको स्थानमा अरनिको यादव र जोस्वा ट्रम्प सुरुवाती ११ मा समेटेको हो। 

सुदूरपश्चिम रोयल्सः 
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, नरेश बुढाएर, ब्रान्डोन म्याकमुलेन, सैफ जैब, स्कट कुग्लेजिन र हरमित सिंह

जनकपुर बोल्ट्सः
आरिफ शेख, शुभ कंसाकार, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, अनिल शाह (कप्तान), अरनिको यादव, जेम्स निसम, जोस्वा ट्रम्प, लाहिरु मिलान्था र हर्ष ठाकेर

लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ।

आजको यो खेलमा आशिफ र आरिफ शेख आमनेसामने हुनेछन्। उनीहरू सहोदर दाजुभाइ हुन्। 

उपाधि दाबेदारका रूपमा हेरिएको जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिँदै छ।

लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चौथो जितका साथ प्लेअफ सम्भावनालाई बलियो बनाउन चाहन्छ।

एनपीएलमा जनकपुरसँगै सुदूरपश्चिमलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad