खेल


चार खेल सकिएपछि विराटनगरले ल्यायो नेदरल्यान्ड्सका कप्तान एन्ड्रु

चार खेल सकिएपछि विराटनगरले ल्यायो नेदरल्यान्ड्सका कप्तान एन्ड्रु

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १३:३२, काठमाडौँ

नेपाल प्रिमियर लिगमा लगातार खराब प्रदर्शन गरेको विराटनगर किङ्सले नेदरल्यान्ड्सका कप्तानलाई अनुबन्ध गरेको छ।

सुरुका चारमध्ये तीन खेलमा पराजित भएपछि विराटनगरले ब्याटर र विकेट किपर समेत रहेका डच कप्तान स्कट एन्ड्रु एडवर्ड्सलाई ल्याएको हो। 

विराटनरको आगामी खेलमा उनी उपलब्ध हुनेछन्। एन्ड्रु मंगलबार नै काठमाडौँ आइपुगेका छन्। विराटनगरको ब्याटिङ र विकेट किपिङमा यसअघि समस्या देखिएको थियो। 

उनले विकेट किपिङमा लोकेश बमको स्थान लिनेछन्। 

विराटनगरले यसअघि लुम्बिनीलाई मात्रै पराजित गरेको छ। जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित भएको छ। अब विराटनगरले काठमाडौं, चितवन र पोखरासँग खेल्न बाँकी छ।  

विराटनगरले अब बिहीबार बिहान पोखरासँग खेल्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad