खेल


लुम्बिनीको दबाबमा चितवन, गुमायो ३ विकेट

लुम्बिनीको दबाबमा चितवन, गुमायो ३ विकेट

जारी चितवन र लुम्बिनीको प्रतिस्पर्धा। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ११:८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी आज (मंगलबार) को पहिलो खेलमा लगातार तेस्रो विकेट गुमाएसँगै चितवन राइनोज दबाबमा परेको छ। 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा लुम्बिनी लायन्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले चौथो ओभरको खेल जारी रहँदा ३ विकेट गुमाउँदा १६ रन बनाएको छ।

ओपनर विपिन रावल ५ रन बनाउँदा रेमोन सिमोन्डको बलका सन्तोष घिरैयाको हातबाट क्याच आउट भए। 

तेस्रो ओभरको अन्तिम बलमा सन्तोष कार्की १० रन बनाउँदा रोहित पौडेलको बलमा सादविन जफरको हातबाट क्याच आउट भए। 

चौथो ओभरको पहिलो बलमा १ रन बनाएका सोहेल तनविर रोेहित पौडेलबाट कट एन्ड बोल्ड भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad