सैफ जैबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहोरेको छ।
शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो।
लुम्बिनीका विवेक यादवले ७७ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।
चौथो ओभरमै लगातार पाँच विकेट गुमाएपछि लुम्बिनी लायन्स संकटमा परेको थियो। लुम्बिनी एक समय ३.३ ओभरमा ५–१९ को अवस्थामा थियो।
तस्बिरमा हेर्नुहोस्











45
Shares

प्रतिक्रिया