राजनीति


बाबुरामको शिक्षक संगठन पनि माओवादीमा समाहित, प्रचण्डको उपस्थितिमा एकता घोषणा

बाबुरामको शिक्षक संगठन पनि माओवादीमा समाहित, प्रचण्डको उपस्थितिमा एकता घोषणा

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १३:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौँमा एक समारोहबीच दुई संगठनबीच एकता गरिएको हो। 

योसँगै डा बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको दाबी गरिएको छ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता भएको घोषणा गरे। कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो । 

संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए। शिक्षक संगठनहरूसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो।

समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए। समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उनको विचार थियो।

यसअघि बाबुरा भट्टराई नेतृत्वको नेसपाका धेरै नेता तथा कार्यकर्ता माओवादीमा समाहित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad