खेल


एकअर्कासँग भिड्नुअघि लुम्बिनी र सुदूरपश्चिम दुवै टोलीले गरे एक खेलाडी परिवर्तन

एकअर्कासँग भिड्नुअघि लुम्बिनी र सुदूरपश्चिम दुवै टोलीले गरे एक खेलाडी परिवर्तन

फाइल तस्बिर: एनपीएल हेर्दै दर्शक


नेपालखबर
मंसिर २२, २०८१ शनिबार ९:१, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा एकअर्कासँग भिड्न लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीले एक खेलाडी परिवर्तन गरेका छन्।

सुदूरपश्चिमले अघिल्लो खेलबाट रोहन मुस्तफाको स्थानमा वसन्त खत्रीलाई टोलीमा ल्याएको हो भने लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन साउदलाई सुरुवाती ११ मा समेटेको छ। 

सुदूरपश्चिम रोयल्स टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहोरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, नरेन बुढाएर, ब्रान्डोन म्याकमुलेन, सैफ जैव, स्कट कुग्लेजिन, वसन्त खत्री

लुम्बिनी लायन्स टोली

रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, सूर्य तामाङ, दुर्गेश गुप्ता, दिनेश अधिकारी, टोम मोरिस, साद विन जफर, उन्मुक्त चन्द, रामोन सिमोन्डस

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै छ। 

लुम्बिनी यो तेस्रो खेलमा पहिलो जितको खोजीमा छ।

एनपीएल : बलियो सुदूरपश्चिमलाई हराएर पहिलो जित चाहन्छ लुम्बिनी (प्रिभ्यु)

सुदूरपश्चिम भने लगातार तेस्रो जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad