खेल


एनपीएल : बलियो सुदूरपश्चिमलाई हराएर पहिलो जित चाहन्छ लुम्बिनी (प्रिभ्यु)

एनपीएल : बलियो सुदूरपश्चिमलाई हराएर पहिलो जित चाहन्छ लुम्बिनी (प्रिभ्यु)

नेपालखबर
मंसिर २२, २०८१ शनिबार ८:४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार पनि दुई खेल हुँदै छन्। 

एनपीएलमा लगातार उच्च योगफल बनाएर पनि हार व्यहोरेको लुम्बिनी लायन्स पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। 

एनपीएलमा सहभागी ८ टोलीमध्ये लुम्बिनी मात्र जितविहीन टोली हो। 

लुम्बिनीले शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग भिड्दै छ। सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। 

शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार भोगेको लुम्बिनी पहिलो जित निकाल्न चाहन्छ। 

लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। 

पहिलो पटक भइरहेको एनपीएलमा तेस्रो खेलमा आएर पोखरा एभेन्जर्स र कर्णाली याक्सले पहिलो जित निकालेका थिए। 

त्यसैले लुम्बिनी पनि तेस्रो खेलमा पहिलो जितको स्वाद लिन आतुर छ। त्यसो त दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम कमजोर टोली होइन। 

सुदुरपश्चिमले एनपीएलका दुई खेलमा लगातार जित निकालेको छ। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पाखा लगाएको थियो। 

२ खेलमा अपराजित रहेको सुदूरपश्चिम ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ। 

दुवै खेलमा हार भोगेको लुम्बिनी भने अंकविहीन रुपमा तालिकाको पुछारमा छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी अंकतालिकामा अंक जोड्ने प्रयासमा हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad