खेल


एनपीएलमा दुई ओपनरको अपराजेय इनिङ (तस्बिरहरू)

एनपीएलमा दुई ओपनरको अपराजेय इनिङ (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २१, २०८१ शुक्रबार १६:१९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पार्ने क्रममा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ। 

ओपनर आन्द्रेस गाउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेपछि पोखराले शुक्रबार शानदार विजय प्राप्त गरेको हो।

तेस्रो खेलमा पोखराको यो पहिलो जित हो। 

लुम्बिनीले दिएको १ सय ७१ लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आन्द्रेस १ सय ४ र दिनेश ६१ रनमा अविजित रहे। 

पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे। 

तस्बिरमा हेर्नुहोस् रोमाञ्चक खेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad