नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर ब्याटिङ रोजेको हो।
दुवै टोलि आज पहिलो जितको खोजिमा छन्। यसअघि पोखरा पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो। पहिलो खेलमा विराटनगरसँग पराजित भएको लुम्बिनी दोस्रो खेल खेल्न लागेको हो।
यसअघि शुक्रबार बिहान भएको पहिलो खेलमा कर्णालीले चितवनलाई पराजित गरेको छ।
48
Shares

प्रतिक्रिया