पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जनकपुर बोल्ट्सँग पराजित हुन पुगेको बताएका छन्।
जनकपुरविरुद्ध पोखराले २०-२५ रन कमको लक्ष्य प्रस्तुत गरेको बताए। जनकपुर बोल्ट्सँग पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले टसका कारणभन्दा पनि लक्ष्य नै कम भएको बताए।
भुर्तेलले सुरुका दुई खेलमा पराजित भएपनि आगामी पाँच खेलमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।
यी खेल जितेमा अगाडी बढ्न सक्ने उनको भनाई छ। घरेलु र विदेशी खेलाडी पनि युवा रहेको तर आफ्नो पनि प्रदर्शन राम्रो हुन नसकेको बताए।
कुशलले आफूले जति लामो इनिङ खेल्यो टिमका लागि त्यति नै राम्रो हुने बताए।
पावर प्लेमा योजनाअनुरूप नै बलिङ गरेको पनि उनले बताए। पोखरा यसअघि चितवनसँग पराजित भएको थियो। बिहीबार जनकपुरसँग दोस्रो हार व्यहोर्यो। यी दुवै खेलमा कुसलले राम्रो प्रदर्शन गर्न सकेनन्।
चितवनविरुद्ध आपनिङमा आएका उनी जनकपुरविरुद्ध तेस्रो क्रममा आएका थिए। तर उनी ६ रनमै आउट भए।
Shares

प्रतिक्रिया