खेल


पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित

पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित

लक्ष्मी जि.सी
मंसिर २०, २०८१ बिहिबार १२:७, काठमाडौँ

नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। 

बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो।

एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो। 

पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। 

पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

पोखराले दिएको लक्ष्य भेट्टाउन लाहिरु मिलान्थाले ४५ रनको योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गरे। आशिफ शेखले ३४ बलमा ३ चौका सहयोगमा ३३ रन थपे। 

जेम्स निसम ४० र हर्ष ठाकेर १३ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्री, माइकल लिक्स र कुशल भुर्तेलले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको थियो। 

नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे।

माइकल लिस्कले २५ रन थपे। १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए। 

पाँचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो। 

पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए। छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे। 

रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए। 

दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे। कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के। 

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। 

जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे। 

आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad