खेल


यु–१९ एसिया कपबाट युवा टोली क्रिकेटरमा धेरै सम्भावना देखिएको छ : शक्ति गौचन

यु–१९ एसिया कपबाट युवा टोली क्रिकेटरमा धेरै सम्भावना देखिएको छ : शक्ति गौचन

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार २३:२९, काठमाडौँ

नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले एसीसी यु–१९ एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको बताएका छन्। 

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको यु–१९ एसिया कप खेलेर फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गौचनले भ्रमणमा हार मात्र नभएको र युवा टोलीबाट आशा गर्न सक्ने धेरै पक्षहरू रहेको बताएका हुन्।

उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा रहेका यु–१९ क्रिकेटरले यसलाई राष्ट्रिय टोलीमा पुग्ने राम्रो माध्यम सिर्जना गर्ने आशा गरेका छन्। एसिया कप खेलेको अनुभवले युवा खेलाडीले एनपीएलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ।

उनले मार्टिन गप्टिल, शिखर धवन र बेन कटिङजस्ता टेस्ट खेल्ने देशबाट आएका अनुभवी क्रिकेटरबाट आफ्ना युवा क्रिकेटरले र राष्ट्रिय टोलीकै सदस्यले पनि धेरै कुरा सिक्ने पाउने भएकाले एनपीएल राम्रो माध्यम हुने बताए।

यु–१९ टोलीका कप्तान हेमन्त धामीले आगामी यु–१९ विश्वकप छनोटका लागि एसिया कप राम्रो माध्यम बनेको बताए। उनले एसिया कपमा राम्रो प्रदर्शन भए पनि मिडल अर्डरमा साथ पाउन नसक्दा दुई खेल गुमाउन पुगेको समेत उल्लेख गरे। उनले पनि एनपीएल युवा खेलाडीका लागि राम्रो माध्यम हुने आशा व्यक्त गरे। 

नेपालले युएईमा भएको यु–१९ एसिया कपमा तीन खेलमध्ये अफगानिस्तानसँगको खेलमा जित निकालेको हो। बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकालेको हो। नेपालले समूहमा श्रीलंकासँग ५५ रन र बंगलादेशसँग पाँच विकेटले पराजित भएपछि नेपालको यात्रा समूह चरणमा नै टुंगिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad