खेल


एनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने

एनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने

फाइल तस्बिर: कर्णाली याक्स


नेपालखबर
मंसिर १९, २०८१ बुधबार ८:४२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुखार्जले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले ब्याटिङ गर्ने भएको हो।

खेल अहिले ९ बजे सुरु हुनेछ।

कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रदैछ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

काठमाडौँ भने चितवन राइनोजसँग ५ विकेटले हारेको थियो। आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन्।

कर्णाली 
सोमपाल कामी (कप्तान), गुल्सन झा, अर्जुन घर्ति, भुवन कार्की, नन्दन यादव, विपिन शर्मा, देव खनाल, वावर हायात, चान्डविक वाल्टन, जेसन मक्सुद, शिखर धवन।

काठमाडौँ गुर्खाज
करण केसी (कप्तान), भिम सार्की, साहव आलम, रासिद खान, शंकर राना, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेविट, स्टेफन सेन इस्कीनाजी, गेहार्ड इरासमस, नाथन साउटर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad