खेल


एसीसी यू–१९ एसिया कप : बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कप : बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १४:११, काठमाडौँ

एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामु जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

यूएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोली ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो।

ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ७७ बलमा ५ चौका प्रहार गरे। 

विकेटकिपर उत्तम थापा मगर २९ रन बनाउँदा रनआउट भए। अविशेक तिवारीले २९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

बंगलादेशका लागि मोहम्मद रिजन हुसैन, मोहम्मद अल फहाद र मोहम्मद इकवाल हसन इमोनले समान २ विकेट लिए।साद इस्लाम रजिन, राफी उज्मान राफी र अजिजुल हाकिमी तमिमले समान एक विकेट आफ्नो नाममा गरे। 

बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad