खेल


सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

नेपालखबर
मंसिर १५, २०८१ शनिबार ९:४८, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ।

काठमाडौँमा आयोजित कार्यक्रममा ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो। 

रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे।

मालिक शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्न साथ जोडिएकामा ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए। 

ग्लोबल आईएमई बैंकलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो उपाधि जित्ने लक्ष्यमा यहाँहरूको साथले थप बल पुगेको महसुस हामीले गरेका छौँ। आशा छ- हामीले उपाधि जितेर थप खुसी दिनेछौँ, शाहले भने। 

डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

हामीले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएका हौँ। हामीले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर अघि सरेका हौँ। हामी सबै यो सहकार्यका लागि उत्साहित छौँ, पोखरेलले भने। 

सुदूरपश्चिम रोयल्सले यसअघि एनपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो।

एनपीएलको अवधिभर टोलीले म्यारिएट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा आज (मंसिर १५) देखि पुस ६ गतेसम्म काठमाडौँको कीर्तिपुरमा एनपीएल हुँदै छ। 

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्।

मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ।

सुदूरपश्चिम टोली

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad