जापानमा मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
कोसी प्रदेशका पूर्वमन्त्री तथा एमाले प्रदेश सांसद लीलावल्लभ अधिकारीसमेत जोडिएको उक्त प्रकरणमा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका-७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका-९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको हो।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले उक्त आदेश दिएको हो।
57
Shares

प्रतिक्रिया