खेल


जनकपुरविरुद्ध विराटनगर : जित सुरुवात गर्ने दाउमा दुवै टोली (प्रिभ्यु)

जनकपुरविरुद्ध विराटनगर : जित सुरुवात गर्ने दाउमा दुवै टोली (प्रिभ्यु)

नेपालखबर
मंसिर १५, २०८१ शनिबार ८:१९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा आज शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह सबा १२ बजे सुरु हुनेछ। 

विराटनगर सन्दीप लामिछाने र जनकपुर अनिल शाह कप्तानीमा मैदान उत्रनेछन्। खेलअघि विराटनगरका कप्तान सन्दीप लामिछानेले भने, ‘मैदानमा विपक्षी भए पनि मैदानबाहिर हामी सबै साथी हौँ। मैदानमा जितका लागि नै खेल्नेछौँ। टोलीमा सबैले मेहनत गरिरहेका छन् र मैदानमा उत्रिएपछि जित्नका लागि नै खेल्नेछौँ।’ 

जनकपुरका कप्तान अनिल साहले अहिले आफूले भन्न केही नभएकाले भोलि (शनिबार) मैदानमा नै देखिने बताए। 

जनकपुरले मार्की खेलाडीमा आशिफ शाहलाई राखे पनि कप्तानी जिम्मेवारी भने अनिललाई दिएको छ। अनिलले भने, ‘मार्की खेलाडी र कप्तान जो भए पनि हामीलाई केही छैन।’  

मार्की खेलाडीबाट कप्तानी जिम्मेवारी अर्को कुनै खेलाडीलाई दिने जनकपुर एक्लो टोली हो। 

राष्ट्रिय टोलीका अनुभवी खेलाडीसँगै विश्व चर्चित खेलाडीको साथमा रहेको विराटनगर र जनकपुर दुवै टोली सुखद सुरुवातको योजनामा छन्। 

कागजी रुपमा सन्तुलित टोलीको रुपमा देखिएको जनकपुर उपाधि जित्ने लक्ष्यमा रहेको छ। लिगअघि आसिफले विदेशी खेलाडी र नेपालका युवा खेलाडीको कारण टोली सन्तुलित रहेको बताएका छन्। टोलीमा पछिल्लो समयका उत्कृष्ट खेलाडी रहेकाले उपाधि जित्ने शेखले दावी गरे। 

जनकपुरले विदेशी खेलाडीमा क्यानडाका हर्ष ठाकर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र इङल्याण्डका अलराउन्डर बेन माइकलाई अनुबन्ध गरेको छ। 

विदेशी लिगको अनुभव लिएका खेलाडीलाई अनुबन्ध गरेको जनकपुरमा नेपालका आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी टोलीमा छन्। 

जनकपुरलाई राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन्। 

उता विराटनगरलाई आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायनको प्रशिक्षणमा रहेको छ। नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान सन्दीप लामिछाने एनपीएलमा विराटनगर किङग्सको मार्की खेलाडीका रुपमा रहेका छन्। सन्दीपसँग विश्वकपका थुप्रै फ्रेन्चाइज लिग खेलेको अनुभव छ। जुन अनुभवलाई सन्दीपले विराटनगरमा प्रयोग गर्नेछन्। 

विराटनगरले विदेशी खेलाडीमा ओमानका अकिब इलियास, स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलस कितोर्न र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ। 

अनुभवी विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनगर एनपीएलमा सुरुवातदेखि नै आक्रामक खेल्ने योजनामा छ। विराटनगरको टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका अनुभवी खेलाडी लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ छन्। 

विराटनगर किङ्स : सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम 

जनकपुर बोल्ट्स : अनिलकुमार साह (कप्तान), आसिफ शेख, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, हर्ष ठाकर, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र बेन माइकलाई
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad