खेल


एनपीएल खेल्न विराटनगर किङ्सका चार विदेशी खेलाडी आइपुगे

एनपीएल खेल्न विराटनगर किङ्सका चार विदेशी खेलाडी आइपुगे

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार २१:२१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्सका चार विदेशी खेलाडी काठमाडौँ आइपुगेका छन्।

विराटनगरले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेकोमा आफगानिस्थानका इस्मत आलम मात्रै आउन बाँकी छ। 

बिहीबार साँझ ओमानका अकिब इल्यास र स्कटल्यान्डका क्रिस सोल काठमाडौँ आइपुगेका हुन्। 

यसअघि दिउँसो न्युजिल्यान्डका मार्टिन गप्टिल र बुधबार क्यानडाका निकोलस किर्टोन आइपुगेका थिए। 

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग खेल्दैछ।

विराटनगरको टिममा प्रतिस जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad