नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका विदेशी खेलाडी अझै नेपाल आइसकेका छैनन्।
५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनरका एक जना मात्रै विदेशी खेलाडी आइपुगेका छन्। बाँकी खेलाडी पनि आज र भोलिमा आइसक्ने टिम म्यानेजर विजयकुमार घितालले बताए।
बुधबार बेलुका क्यानडाका निकोलस किर्टोन नेपाल आएका छन्। बाँकी तीन खेलाडी आज बेलुका आउने धितालले बताए। उनका अनुसार ओमानका अकिब इल्यास, स्कटल्यान्डका क्रिस सोल र आफगानिस्थानका इस्मत आलम बिहीबार रातिसम्ममा नेपाल आइसक्ने छन्।
न्युजिल्यान्डका मार्टिन गुप्टिल भने शुक्रबार मात्रै नेपाल आइपुग्ने छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले बिहीबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दैछ।
यसअघि विराटनगरमै अभ्यास गरेको टोली बुधबार काठमाडौँ आइपुगेको हो। आज पोखरा एभेन्जर्ससँग अभ्यास खेल खेल्न लागेको हो।
टोलीमा प्रतिस जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल विराटनगर किङ्सको टोलीमा समावेश छन्।
विराटनगरलाई आयरल्यान्डका केभिन ओब्रायनले प्रशिक्षण गरिरहेका छन्।
Shares

प्रतिक्रिया