रोनाल्डोले राजधानी लिस्बनमा रहेको ‘पोस्टाना सीआर–७’ होटललाइ अस्थायी अस्पतालको रुपमा रुपान्तरण गर्ने अन्तर्राष्ट्रिय सन्चारमाध्यले जनाएका छन्।
उक्त अस्पतालमा कोरोनाको निशुल्क उपचार हुने स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ।
डाक्टर, चिकित्सक तथा नर्सलाई रोनाल्डो आफैंले पैसा तिर्नेछन्। पोर्चुगलमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ।

त्यहाँ हालसम्म १६९ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी भएको घोषणा गरिसक्दा यो यतिबेला विश्वको समस्या बनेको छ।
यसबीचमा रोनाल्डोले कोरोनाविरुद्धको अभियानमा हातेमालो गर्दै आफूले सकेको सहयोग गर्ने घोषणा गरेका हुन्।
रोनाल्डोले पनि हालै कोरोनाको परीक्षण गराएका थिए। उनमा कोरोनाको संक्रमण भने देखिएन। एजेन्सी
3
Shares

प्रतिक्रिया