समाज


कोरोनालाई ध्यान दिँदै देशभरि २३५ आइसीयू बेड थपिने

कोरोनालाई ध्यान दिँदै देशभरि २३५ आइसीयू बेड थपिने

नेपालखबर
चैत २, २०७६ आइतबार ८:२२,

कोरोना (कोभिड) जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन्।

काठमाडौंमा हाल १७० आइसीयू बेड सञ्चालनको अवस्थामा छन्। ‘कोरोनाको जोखिमलाई मध्यनजर गर्दै थप २३५ आइसीयू बेडको तत्कालै व्यवस्था गर्न काम अघि बढाएका छौं।’

मन्त्री ढकालका अनुसार काठमाडौं उपत्यकाका १ सय २० तथा काठमाडौं उपत्यकाबाहिर १ सय ३५ वटा थप आइसीयू थपिनेछ। उपचारका लागि काठमाडौंमा हाल १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था रहेको उनले जानकारी दिए।

यदि संक्रमितहरु देखिए काठमाडौंका तीन अस्पताललाई पूर्ण रुपमा कोरोनाको उपचारमा प्रयोग गर्ने तयारी भएको उनले जनाए। ती अस्पताल कुन कुन हुन उनले खुलाएनन्। त्यसअनुसार आवश्यक औषधि र उपकरणको व्यवस्था गर्न लागिएको उनको मन्त्री ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad