खेल


ऋषभ पन्त २७ करोडमा बिक्री, क्षणभरमै तोडियो श्रेयस अय्यरको रेकर्ड

ऋषभ पन्त २७ करोडमा बिक्री, क्षणभरमै तोडियो श्रेयस अय्यरको रेकर्ड

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १७:२१, काठमाडौँ

भारतीय विकेटकीपर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा अहिलेसम्मकै महंगो रकममा बिक्री भएका छन्। आइतबार भएको अक्सनमा उनलाई लखनऊ सुपर जाइन्ट्सले २७ करोड भारुमा खरिद गरेको हो। 

यससँगै पन्त एनपीएल इतिहासमा सबैभन्दा महंगोमा बिक्रि हुने खेलाडी बनेका छन्। उनीभन्दा केहीबेरअघि अर्का खेलाडी श्रेयस अय्यर २६.७५ करोड भारुमा बिक्री भएका थिए। उनलाई पञ्जाब किंग्सले खरिद गरेको थियो। 

पन्त उच्च रकममा बिक्रि भएपछि अय्यरले बनाएको महंगो खेलाडीको रकेर्ड क्षणभरमै तोडिएको थियो। आईपीएलको अघिल्लो सिजनमा भने भारतीय तिब्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महंगो खेलाडीको रेकर्ड बनाएका थिए। उनलाई कोलकाताले २४.७५ करोड भारुमा किनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad