ताजकिस्तानमा भएको थ्री नेसन्स मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानलाई पराजित गरेको छ।
शनिबार राति ताजकिस्तानको दुसान्वी सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलअन्तरले पाखा लगाएको हो।
पहिलो हाफ गोरहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भयो। दोस्रो हाफको सुरुवातमा नै जिलेस्पीजंग कार्कीको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ७८ औँ मिनेटमा डिफेन्डर रोहित चन्दको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। रोहितले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका हुन्।
आजको खेलमा टोलीका अन्तरिम प्रशिक्षक नविन न्यौपानेले ताजकिस्तानविरुद्धको सुरुवाती रोजाइबाट ५ खेलाडी परिवर्तन गरेका थिए।
योसँगै नेपालले मैत्रीपूर्ण खेलमा सुखद अन्त्य गरेको छ। नेपाल पहिलो खेलमा ताजकिस्तानसँग ४–० को फराकिलो अन्तरले पराजित भएको थियो।
Shares

प्रतिक्रिया