आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले टस हारेर आयोजक यूएईविरुद्ध फिल्डिङ थालेको छ।
यूएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा शनिबार सुरू भएको खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेको थियो।
नेपालले यसअघि कुवेत र थाइल्यान्डलाई हराएको थियो। पहिलो चरणको अन्तिम खेल यूएईसँग भएको हो।
प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ।
नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन्।
Shares

प्रतिक्रिया