एसिएन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ।
एसीसीले शुक्रवार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकाविरुद्व खेन्नेछ।
नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश तथा अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ। प्रतियोगिता ५० ओभरको हुनेछ।
प्रतियोगितामा सहभागी एसियाका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
फाईनल खेल मंसिर २३ गते हुनेछ।

990
Shares

प्रतिक्रिया