कारोबार


कुनाल केयल जोर्डनको अवैतनिक दूत नियुक्त

कुनाल केयल जोर्डनको अवैतनिक दूत नियुक्त

नेपालका लागि जोर्डनको अवैतानिक दूतको प्रमाणपत्र बुझ्दै कुनाल केयल (बायाँ)


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार २१:३४, काठमाडौँ

कुनाल केयल नेपालका लागि जोर्डनको अवैतानिक दूत भएका छन्। केयल समूहका निर्देशक कुनाल शुक्रबार नियुक्त भएका हुन्।

दुईदेशको व्यापार र पर्यटन प्रवद्धन गर्न केयलले भूमिका खेल्ने छन्।

‘दुई देशबीच पर्यटन, व्यापार प्रवद्धनसँगै जोर्डनमा पुगेका नेपालीलाई अप्ठेरो पर्दा सघाउने भूमिका खेल्ने छु’, केयलले भने, ‘भक्तपुरको कौशलटारमा यसको कार्यलय हुनेछ।’

केयल नेपाल भारत उद्योग वाणिज्य संघका कोषाध्यक्ष छन्।

उनी सानिमा जीआईसी इन्स्योरेनसको अध्यक्ष हुन्। २०१८ देखि २०२२ सम्म जनरल इन्स्योरेन्स कम्पनीको अध्यक्ष रहेकोमा सानिमासँग मर्ज भएपछि सानिमा जीआईसीको अध्यक्ष भएका हुन्।

उनी साढे एक दशकदेखि केयल ग्रुपमा निर्देशकको रुपमा छन्।

केयल समूह नेपालमा ठूलो व्यवसायिक घरानाको रुपमा स्थापना भैसकेको छ। केयल ग्रुपको निर्माण सामाग्री उत्पादन गर्ने नारायणी रोलिङ मिल, नारायणी स्पात, श्रीकृष्ण स्टिल, नारायणी स्टिल, एसीसी ब्लक लगायतका उद्योग छन्। ट्रेडिङमा बिक्की हार्डवेयर छ।

ग्रुपको सानिमा जिआईसीसँगै सन नेपाल लाइफ इन्स्योरेन्समा ठूलो हिस्सा रहेको छ।

यस्तै, वीरगञ्जलाई आधार बनाएर नारायणी सेन्ट्रल हस्पिटल र सिमरामा होटल क्लासिक प्लाजा रहेका छन्।

कुनालले सन् २००६ देखि सहायक अडिटरको रुपमा आफ्नो करिअर शुरु गरेका थिए। उनी जलविद्युत क्षेत्रमा लगानी गरेको सिल्क पावरको निर्देशक छन्।

हिमालयन ह्वाइटहाउस कलेजबाट बीबीए गरेका उनले सन् २००९ मा भारतबाट चार्टड एकाउन्टेनसीको कोर्ष पूरा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad