खेल


नेदरल्यान्ड्समा आक्रमणपछि इजरायली फुटबल क्लबले आफ्ना समर्थकलाई दियो यस्तो निर्देशन

नेदरल्यान्ड्समा आक्रमणपछि इजरायली फुटबल क्लबले आफ्ना समर्थकलाई दियो यस्तो निर्देशन

उक्त खेलमा मकाबी तेल अभिभ ५–० ले हारेको छ।


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १८:४४, काठमाडौँ

बिहीबार राति नेदरल्यान्ड्स्समा युरोपेली लिग फुटबल खेलका क्रममा आफ्ना समर्थक (फ्यान) विरुद्ध आक्रमण भएपछि इजरायली क्लब मकाबी तेल अभिभले आफ्नो मुख्य लक्ष्य उनीहरूलाई तुरुन्त र सुरक्षित इजरायल फिर्ता गर्नु रहेको बताएको छ।

उसले आफ्ना फ्यानहरूलाई इजरायली सरकारको सल्लाह पालना गर्न आग्रह गरेको छ। जसमा होटलको कोठामा बस्न, इजरायली/यहुदी प्रतीक नलगाउन र कुनै पनि धम्की वा आक्रमण आए प्रहरीलाई खबर गर्नलगायत छन्।

इजरायली क्लबले प्रशंसकहरूलाई सकेसम्म चाँडो इजरायल फर्कने उडान लिन सल्लाह दिएको छ।

आक्रमणपछि अल अल एयरलाइन्सले नि: शुल्क उडान प्रदान गर्दै छ।

यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयनले एम्स्टर्डममा भएको घृणित हमलाबाट आफू निकै निराश भएको बताएकी छन्।

उनले इजरायली फुटबल फ्यानविरुद्ध भएको आक्रमणको कडा निन्दा गर्दै यस विषयमा नेदरल्यान्ड्सका प्रधानमन्त्रीसँग कुराकानी पनि गरेकी छन्।

बिहीबार राति इजरायली क्लब मक्काबी तेल अभिभ युरोपियन लिग खेल्न नेदरल्यान्ड्स्सको राजधानी एम्स्टर्डममा थियो। जहाँ खेलका क्रममा उसका फ्यानलाई आक्रमण भएको थियो। 

नेदरल्यान्ड्स्स प्रहरीका अनुसार एम्स्टर्डममा रातभरि भएका आक्रमणपछि पाँच जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ भने ६२ जनालाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad