काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि गतिशील अलराउन्डर वेल्सका ड्यान डौथवेटलाई आफ्नो टीममा अनुबन्ध गरेको छ।
विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटलाई काठमाडौँ गुर्खाजले टीममा अनुबन्ध गर्न पाउँदा खुसी व्यक्त गरेको छ।
काठमाडौँ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्देश कटवालले डौथवेटको आगमनमा आफ्नो हर्ष व्यक्त गर्दै भने, ‘ड्यान डौथवेट एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई र फाइदा दिनेछ। उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उहाँले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु।’
ड्यान डौथवेटले पनि आफ्नो उत्साह व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘काठमाडौँ गुर्खाजमा सामेल हुन पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु। म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु। यो सिजनलाई अविस्मरणीय बनाऔँ।’
डौथवेटको आगमनसँगै, काठमाडौँ गुर्खाजले प्रशंसकहरूलाई यस सिजन रोमाञ्चक खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। विदेशी खेलाडीका रूपमा डौथवेट चौथो खेलाडी हुन् जसले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबिय कप्तान गर्हार्ड इरास्मस र इंग्ल्यान्ड घरेलु क्रिकेट स्टार तथा बीबीएल अनुभवित स्टीभी सीन एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ।
काठमाडौँ गुर्खाजको ुमार्कीु खेलाडीमा करण केसी रहेका छन्, जसले अन्य खेलाडीहरूसँगै टिमको नेतृत्व गर्नेछन्।
एनपीएल २०२४ को अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको छ।
Shares

प्रतिक्रिया