खेल


लुम्बिनीलाई ८ रनले हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

लुम्बिनीलाई ८ रनले हराउँदै सुदूरपश्चिम बन्यो च्याम्पियन

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १८:४, काठमाडौँ

नरेश श्रेष्ठ स्मृति वाइ वाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ।

बुधबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले उपाधि जितेको हो। 

बुधबार विराटनगरमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १३.१ ओभरमा सबै विकेट गुमाएर ११९ रनमात्र बनाउन सक्यो। 

लुम्बिनीका ओपनर तथा कप्तान आकाश त्रिपाठीले २२ रन बनाए पनि टिमको हार टार्न सकेनन्।

यस्तै, अन्तिमसम्म अविजित रहेका शिव कुँवरले २०, विजय कोहारले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन थपे।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका चार ब्याटर ‘डक’ भएका थिए। लुम्बिनीका सम्राट भुसाल, दिल्साद अली, निर्मल गुरुङ र निर सार्की शून्यमा आउट भए।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए। १० ओभर बलिङ गरेका धामीले दुई मेडन राख्दै २५ रन खर्चिए। 

यस्तै, सचिन भट्ट र नरेन साउदले समान दुई विकेट लिए। अशोक धामीको नाममा एक विकेट रह्यो।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम पनि ३७.३ ओभरमा १२७ रनमै समेटिएको थियो। सुदूरका अभिषेक थापाले २९ रन बनाएका थिए।

नरेन भट्टले २७ रन थप्दा नरेन साउदले १५, राजेश एैयरले १४ र दीपक बोहराले ११ रन थपेका थिए।

लुम्बिनीका सन्तोष यादवले पाँच विकेट लिएका थिए। १० ओभर बलिङ गरेका उनले २८ रनमात्र खर्चिएका थिए।

राजेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट लिए। प्रतियोगिताभर २७ विकेट लिएका सन्तोष यादव ‘प्लेयर अफ दी सिरिज’ चुनिए।

उनले ब्याटिङमा पनि १९१ रन जोडेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad