डोनाल्ड ट्रम्पले आफूले जिते तुरुन्तै युद्ध अन्त्य गर्ने बताउँदै आएका थिए। यसपटक उनले विरासतमा दुईवटा त्यस्ता युद्ध प्राप्त गर्दैछन्, जुन उनी अघिल्लोपालि राष्ट्रपति हुँदा भएको थिएन।
रुस–युक्रेन युद्ध र पश्चिम एसियाका अनेक मुलुकमा जारी इजरायली युद्ध। युक्रेन र इजरायल मुख्यगरी अमेरिकी हतियारमा निर्भर छन्।
ट्रम्पले यी दुई युद्धलाई कसरी सम्हाल्लान् त?
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग कटौती गर्ने कतिपयको विश्लेषण छ। ट्रम्पले युक्रेनलाई रुससँग सम्झौताका लागि दबाब दिने संकेत गर्दै आएका छन्।
जुलाईमा त उनले एकै दिनमा सो युद्ध रोकिदिने दाबी समेत गरेका थिए।
जसका कारण उनले सहयोग रोकिदिने हो कि भन्ने त्रासमा युक्रेन देखिएको छ। यसले नेटो समेत समस्यामा पर्नेछ।
अर्कोतिर, आफूले नजिते इजरायलको अस्तित्व नरहने दाबी उनले गर्दै आएका थिए। उनले गाजा, यमन र लेबनानमा इजरायली युद्धलाई समर्थन गर्दै आएका छन्।
त्यसैले उनले इजरायललाई थप हतियार दिइरहने विश्लेषण भइरहेको छ।
बेन्यामिन नेतन्याहुले समेत ट्रम्पको जित चाहेको बताउने गरिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया