कारोबार


टुटल र पठाओलाई रोक्न नहुने भौतिक मन्त्रालयको निष्कर्ष

टुटल र पठाओलाई रोक्न नहुने भौतिक मन्त्रालयको निष्कर्ष

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १२:९,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टुटल र पठाओलाई निर्बाध रुपमा चल्न दिने भएको छ।

भौतिकमन्त्री वसन्त कुमार नेम्वाङले मन्त्रालयका सचिव, विभागका महानिर्देशक, कानुन शाखाका अधिकारीहरुसँग बिहीबार यसबारे छलफल गरेपछि मन्त्रालय राइड सेयरिङलाई नरोक्ने निष्कर्षमा पुगेको हो।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकोले रोक्न नसकिने निष्कर्ष निकालेको जानकारी दिए।

tootle pathao

‘संविधानले नै प्रदेशअन्तर्गतको यातायात प्रदेश कानुनले नियमन गर्ने भनेको छ,’ सचिव कार्कीले भने, ‘यस विषयमा प्रदेश सरकारले कानुन बनाइसकेको छ। प्रदेशको कानुनले नियमन गर्ने भएकाले टुटल पठाओ रोक्न आवश्यक छैन।’

विभागले संघीय कानुनअनुसार सूचना जारी गरे पनि मन्त्रालय टुटल पठाओजस्ता नवप्रवर्तक उद्यमलाई रोक्ने पक्षमा नरहेको उनले स्पष्ट पारे।

‘उच्च अदालत समेतले राइड सेयरिङलाई व्यवस्थित गरी चलाउन आदेश दिएकोले यसलाई रोक्नुपर्ने आवश्यक छैन,’ उनले भने, ‘मन्त्रालयले पनि व्यवस्थित होस् भन्ने चाहेको छ। त्यसलाई निरुत्साहित गर्ने भन्ने हाम्रो सोचाइ होइन। अब तिनीहरुलाई प्रदेश कानुनले नियमन गर्छ।’

यसअघि यातायात व्यवस्था विभागले राताे नम्बर प्लेटका गाडीले सार्वजनिक यात्रु सेवा दिन नपाउने भन्दै सूचना जारी गरेकाे थियाे। 

याे पनिः
पठाओ, टुटल आवद्धलाई कारबाही गर्न सरकारको सूचना
मानुषी भन्छिन्ः टुटल-पठाओका कारण माइक्रोमा खाँदिनुपरेको छैन, बन्द गर्नु हुन्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad