खेल


मनाङ आहा रारा गोल्डकपको फाइनलमा

मनाङ आहा रारा गोल्डकपको फाइनलमा

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ११:८,

विभागीय त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब, आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङले नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो। उपाधी भिडन्त शनिबार हुनेछ।

खेलको चौथो मिनेटमा नौ फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाएका थिए। सुशिल लामाको कर्नरमा बिमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका थिए। १८औं मिनेटमा मनाङका अन्जन विष्टले एकल प्रयासमा गरेको प्रहार सदुपयोग हुन सकेन।

१९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले नियन्त्रणमा लिए। २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीको प्रहार आकासियो । २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार फितलो बन्दा मनाङ अग्रता दोब्बर पार्नबाट चुक्यो।

२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे। अन्जन विष्टको पासमा अनमार्क रहेका बिमलले दोस्रो बार च्याप्दै गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएन। ४१औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले हेडमार्फत मिलाईदिएको पासलाई भरतले जाली चुमाएका थिए।

खेलको ८१औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई ३-१ को अग्रता दिलाए। आर्मीका बिकास तामाङको गल्तिमा काउन्टर अट्याकमा बिमल रानाले मिलाएको पासमा अन्जनले वान भर्सेस वानकै अवस्थामा बिट गर्दै गोल गर्न सफल भएका थिए। त्यसको दुई मिनेट पछि नै सब्सिच्युट खेलाडी टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए।

त्यसअघि ५९औं मिनेटमा बिमल रानाको क्रस पासमा पेनाल्टी बक्समा अनमार्क रहेका अन्जन बिष्टको हेडर आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए। ६९औं मिनेटमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारबाट बाहिरिदा आर्मी बराबरी गर्नबाट चुक्यो।

बिबेक बस्नेतको क्रसमा भरत खवासले मिलाई दिएको हेडर पासलाई जर्जले सदुपयोग गर्न सकेन। ७४औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले मुस्किलले पञ्च गर्दै बचाए। लगत्तै कर्नरमा आएको बलमा सोजित नै बाधक बन्दा आर्मी बराबरीबाट चुक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad