खेल


विश्वप्रकाशको संयोजकत्वमा कांग्रेसले बनायो उपनिर्वाचन संयोजन समिति

विश्वप्रकाशको संयोजकत्वमा कांग्रेसले बनायो उपनिर्वाचन संयोजन समिति

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १७:८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेका छन्।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार ४ जना सहमहामन्त्रीसहित प्रवक्ता डा. प्रकाशशरण महत पनि समितिमा छन्। निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ। 

ती रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

यी हुन् देउवाले मनोनय गरेका सदस्यहरूः

१) सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
२) सदस्य — सहमहामन्त्री भिष्मराज आङ्देम्बे
३) सदस्य — सहमहामन्त्री महेन्द्र यादव
४) सदस्य — सहमहामन्त्री जीवन परियार
५) सदस्य — प्रवक्ता डा. प्रकाशशरण महत
६) सदस्य — केन्द्रीय सदस्य पुष्पा भुसाल
७) सदस्य — केन्द्रीय सदस्य मीन विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य मधु आचार्य
९) सदस्य सचिव — प्रकाश शर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad