राजनीति


रविको पक्राउ पुराना र नयाँको संघर्ष हो : सन्तोष परियार

रविको पक्राउ पुराना र नयाँको संघर्ष हो : सन्तोष परियार

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १६:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछानेको पक्राउलाई पुराना र नयाँ शक्तिको संघर्षका रूपमा अर्थ्याएका छन्।

सहकारी ठगी, संगिठत अपराध र सम्पत्ति शुद्धीकरणजस्ता फौजदारी कसुरमा गरिएको अनुसन्धानलाई उनले पुराना शक्ति सहजै विस्थापित नहुँदाको उत्पन्न परिस्थिति भन्दै लामिछाने राजनीतिक कारणले पक्राउ परेको तर्क गरे।

‘यो संघर्ष पुराना र नयाँको हो,’ उनले बालुवाटारमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्राकृतिकरूपमा पुरानाहरू जानुपर्थ्यो। नयाँ स्थापित हुनुपर्थ्यो। पुरानाहरू जान मानेनन्। त्यसको संघर्ष हो, घर्षण हो यो।’

अब नयाँ प्रकारका शक्तिलाई जति रोक्न खोजे पनि पुरानाहरूले रोक्न नसक्ने दाबी पनि उनले गरे।

‘हामी त आउँछौँ,’ परियारले भने, ‘हामी नभए पनि अरू कोही आउँछन्। तपाईंहरू जान तयार भएर बस्नूस्। अब तपाईंहरूको काम छैन। प्राकृतिक रूपमा तपाईँहरू खारेज भइसक्नुभएको छ।’

सहकारी डुबाउने प्रमुख व्यक्तिहरू एमालेमा रहेको दाबी पनि परियारले गरे। सहकारी विभाग नै गठन गरेर सहकारी क्षेत्रबाट नेता भएकाहरू एमालेमै रहेकाले पनि सबैभन्दा बढी सहकारी ठग एमालेमा रहेको उनको तर्क थियो।

भिडिओ​ :
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad