खेल


अमेरिकामा कमललाई ३ र अनुपलाई ४ पदक

अमेरिकामा कमललाई ३ र अनुपलाई ४ पदक

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार २१:२२, काठमाडौँ

नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन्। अनुप थापाले १ स्वर्ण, २ रजत र १ कांस्य पदक हात पारे।

अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जितेको नेपाल उमा कुङफु संघले जनाएको छ।

यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कांस्य जितेका छन्। कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, सन् २०१८ मा इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा २ स्वर्ण जितेका थिए।

त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा २ रजत र १ कांस्य तथा इङल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य जितेका थिए।

उनले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए। कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्।

अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जिते।

यसअघि अनुपले जापनको टोकियोमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्णलगायतका पदक हात पारेका छन्।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए। सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका  हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad