शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।
शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो।
विजेताले दुबईका चारवटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन्।
यस्तै मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए।
उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आइप्याड र गिफ्ट ह्याम्पर पाएका छन्। लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे।
व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन्। यस्तै प्रवीण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए।
एनसेलले प्रतियोगिताकी लागि संकलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ। यो रकम एनसेल फाउन्डेसनमार्फत देशभरका विद्यार्थीलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ।
प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे।
खेलभन्दा बाहिर समेत महत्त्व बढाउँदै, यो हाम्रो सामूहिक प्रयासको प्रभावले शिक्षा र सामुदायको विकासमा सहयोग पुऱ्याउने विश्वास छ,” जाब्बोरले भने।
प्रतियोगितामा कूल ५५ टिमको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो।
एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ। यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कूल संकलित रकममा थपेर रु ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ।
यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौँ, फेयरफिल्ड मेरियट काठमाडौँ, फ्लाई दुबई, होलिडेज् बाई फ्लाई दुबई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजक थिए।
Shares

प्रतिक्रिया