खेल


साफ च्याम्पियनसिप : नेपाल-भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

साफ च्याम्पियनसिप : नेपाल-भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १९:२१, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफमा भारत र नेपालले दुवै टोलीले गोल गर्न सकेका छैनन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। 

पहिलो हाफको सुरुवातदेखि नै दुवै टोलीले आक्रमण बनाए पनि गोल गर्न भने सकेका छैनन्। 

४४ औँ मिनेटमा डिबक्स नजिकबाट प्रिति राईले गरेको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। ४३ औँ मिनेटमा साम्बाको प्रहार भारतकी गोलरक्षकले जोगाईन्।  

खेलको ३१ औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार भारतकी गोलरक्षकले जा्गाईन्। त्यसकै रिवाउण्डमा अमिसा कार्कीको प्रहार किपरले पन्च गर्दै जोगाईन्। 

२८ औँ मिनेटमा सावित्रिा भण्डारीको प्रहार पहिलो बारको नजिकबाट आकाशियो। खेलको २३ औँ मिनेटमा सविता रानामगरको कर्नरमा रेखा पौडेलको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। 

पहिलो हाफको २० औँ मिनेटमा मनिषाको कर्नरमा ज्योति चौहानको हेडर नेपालकी डिफेन्डर अमृता जैसीले जोगाईन्। त्यसकै रिवाउण्डमा उनको प्रहार आकाशियो। 

अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad