प्रधान सेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेसनल कयाडेट कर्पस् (एनसीसी) को भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ।
राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित थ्युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विङ कमान्डर पीआर पोनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय एनसीसी टोली यही कार्तिक ५ गते नेपाल आएको हो।
विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्ररछात्राहरुले विसं २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित वाईईपी मा सहभागिता जनाउँदै आई रहेका छन्।
यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन्।
नेपाल भ्रमणमा रहेको भारतीय नेसनल क्याडेट कर्पस्का टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्ररछात्राहरूको समेत सहभागिता रहेको छ।
जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत वाईईपीमा सहभागी नेपाल तथा भारतका एनसीसी छात्र छात्राहरूको उपस्थिति थियो।
राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्ररछात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्ररछात्राहरु उक्त तालिम सहभागी भई रहेका छन्।
Shares

प्रतिक्रिया