खेल


घरेलु मैदानमै न्युजिल्यान्डसँग हार्‍यो भारत

घरेलु मैदानमै न्युजिल्यान्डसँग हार्‍यो भारत

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १९:५८, काठमाडौँ

भारत र न्युजिल्यान्डबीचको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत ११३ रनले हारेको छ। 

भारतको पुणेमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो इनिङ्समा २५९ रन बनाएको थियो।

पहिलो इनिङ्समा भारतीय टोली १५६ रनको स्कोरमा अलआउट भएको थियो। 

दोस्रो इनिङ्समा ब्याटिङ गरेको न्युजिल्यान्डको टोलीले २५५ रन बनाएर भारतीय टोलीलाई जितका लागि ३५९ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याएको भारतीय टोली २४५ रनमा सीमित भयो। 

दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले सर्वाधिक रन बनाए।

उनले ७७ रनको इनिङ खेले। दोस्रो इनिङ्समा न्युजिल्यान्डका स्पिन बलर मिचेल सेन्टनरले ६ विकेट लिए। 

यसअघि सन् २०१२ मा घरेलु मैदानमा इंग्ल्यान्डले भारतलाई हराउँदा भारतले टेस्ट सिरिज गुमाएको थियो।

तीन टेस्टको सिरिजमा न्युजिल्यान्ड अब २-० ले अगाडि छ। पाहुना टोलीले बेंगलुरुमा खेलिएको पहिलो टेस्ट खेल पनि ८ विकेटले जितेको थियो।

शृंखलाको तेस्रो र अन्तिम टेस्ट खेल नोभेम्बर १ मा मुम्बईमा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad