साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली नेपालले फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलमा नेपालले ५–० को अग्रता बनाएको हो।
खेलको दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अमिशा कार्कीले गोल गर्दै पाँचौ गोल दिलाएकी हुन्।
नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारीले समान एक गोल गरे।
खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो। १२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सित्रै गोलमा परिणत भयो।
लगत्तै १३ औँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ। १९ औँ मिनेटमा अमिसा कार्कीको प्रहार आकाशियो।
३६ औँ मिनेटमा साम्बाको प्रहारलाई रेखा पौडेलले फ्लिक गरेपछि गोलमा परिणत भयो। टोलीलाई ४–० को अग्रता दिलाउने क्रममा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन्।
४२ औँ मिनेटमा साम्बाको प्रहार क्रसबारको माथिबाट बाहिरियो।
Shares

प्रतिक्रिया