नेपालमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह बीको खेलमा माल्दिभ्सविरुद्ध भुटानले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफमा भुटान माल्दिभ्सविरुद्ध २-० ले अगाडि भएको हो।
तेस्रो मिनेटमा सोनाम छोडेनको पेनाल्टी प्रहार माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाइन्।
पाचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन्।
खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तीन डिफेन्डरलाई बिट गर्दै बललाई पोस्टको जाली चुमाइन्।
432
Shares

प्रतिक्रिया