अफगानिस्तान, ताजिकिस्तान र नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने मिति टुंगो लागेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नोभेम्बर १३ देखि १९ सम्म ताजिकिस्तानमा हुने तीन देशीय मैत्रीपूर्ण फुटबलमा नेपालले सहभागिता जनाउने भएको हो।
ताजिकिस्तानको दुसनबे सेन्ट्रल स्टेडियममा नेपालले दुई खेल खेल्नेछ। खेल्ने समय चाँडै घोषणा गरिने भएको छ।
नेपालले नोभेम्बर १३ (कात्तिक २८) मा ताजिकिस्तानसँग र नोभेम्बर १६ (मंसिर १) मा अफगानिस्तानसँग खेल्नेछ।
159
Shares

प्रतिक्रिया