खेल


माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

रेखाको पाँच गोल, प्रीतिको पनि ह्याट्रिक
माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक ५, २०८१ सोमबार १९:२६, काठमाडौँ

फरवार्ड रेखा पौडेल चम्किएपछि घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालका लागि रेखा पौडेलले ह्याट्रिकसहित पाँच गोल गरिन्। राष्ट्रिय टोलीका लागि रेखाले आफ्नो गोल संख्या नौँ पुर्याएकी छिन्। प्रीति राईले ह्याट्रिक पूरा गरिन्। सविता रानामगर, अनिता केसी र अमिसा कार्कीको नाममा समान एक गोल रह्यो।

८८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अमिसा कार्कीले गोल गर्दा नेपालले ११–० को फराकिलो अग्रता लियो।

प्रीति राईले ८७ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलको ८६ औँ मिनेटमा पेनाल्टी एरियमा माल्दिभ्सका डिफेन्डरले अनिता बस्नेतलाई लडाएपछि रेफ्रिले नेपाललाई पेनाल्टीको मौका दिएका थिए। जुन मौकालाई प्रीति राईले खेर जान दिईनन्।

खेलको ७८ औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत पाचौँ गोल गर्दा टोलीका लागि नवौँ गोल गरिन्।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अनिता केसीले खेलको ६८ औँ मिनेटमा गोल गरिन्।

६५ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा प्रीति राईले व्यक्तीगत दोस्रो गर्दा नेपालले ७–० को अग्रता बनायो।

खेलको ६३ औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत चार गोल गर्दा नेपालले ६–० को फराकिलो अन्तर बनायो।

खेलको ६० औँ मिनेनटमा प्रीति राईको प्रहार गोलरक्षकलाई लाग्दै रिवाउण्ड गोलमा सविताको प्रहार आकाशियो।

खेलको ४८ औँ मिनेटमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्।

पहिलो हाफको छैटो मिनेटमा सविता रानाको कर्नरमा प्रीति राईको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। त्यसअघि चौथो मिनेटमा विमला चौधरीको कर्नरमा रेखा पौडेलको हेडर बाहिरियो।

नवौँ मिनेटमा अमृता जैसीको फ्रिकीक प्रहार पहिलो बारमा लाग्दै बाहिरियो।

११ औँ मिनेटमा विमला चौधरीको लामो प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो।

२५ औँ मिनेटमा रेखा पौडेको पासमा रश्मी कुमारी घिसिङको हेडर प्रहार माल्दिभ्सकी गोलरक्षक अमिना हिजालाई लाग्दै फर्कियो।

२८ औँ मिनेटमा विमला चौधरीको प्रहार क्रसबारको माथिबाट आकाशियो। खेलको २९ औँ मिनेटमा सविता रानामगरको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।  

खेलको ३२ औँ मिनेटमा रश्मी कुमारी घिसिङको क्रसमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनायो।

३६ औँ मिनेटमा सविताको पासमा रश्मीको प्रहार आकाशियो। ३८ औँ मिनेटमा विमला चौधरीको फ्रिकीक क्रसबारमा लाग्दा नेपालले फराकिलो अग्रताको सुन्दर मौका गुमाउन पुग्यो।

खेलको ४२ औँ मिनेटमा रेखा पौडेलले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को फराकिलो अग्रता बनायो।

पहिलो हाफको इन्ज्युरी समयमा कप्तान रेनुका नगरकोटेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad