साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को खेलमा श्रीलंकाविरुद्ध भुटानले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिँदा भुटानले २–१ गोलको अग्रता लिएको छ।
पहिलो हाफको सुरुवातमा नै भुटानले अग्रता बनाएको थियो। पहिलो हाफको सातौँ मिनेटमा नामगेल डेमाको क्रसमा डेकी लाजोनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको २३औँ मिनेटमा श्रीलंका खेलमा फर्किएको थियो। भुटानकी डेकी याङदोनलाई लाग्दै रिबाउन्ड बललाई श्रीलंकाकी थुसानी मधुसिकाले पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ३२औँ मिनेटमा नाङमेल डेमाको फ्रिकिक श्रीलंकाका डिफेन्डरले क्लियर गरे पनि दोर्जी एडोनले नियन्त्रणमा लिर्दै भुटानको अग्रता दोब्बर पारिन्।
पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटान पहिलो जितको खोजीमा छ। उता पहिलो खेलमा माल्दिभ्सलाई हराएको श्रीलंका भुटानसँग जित निकाल्ने लक्ष्यमा छ।
Shares

प्रतिक्रिया