‘यो मायालाई फकाउनु’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको स्वर सुन्न सकिन्छ।
डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माईल) संगीत भरेका छन्। विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टुडियोमा रेकर्ड गरिएको हो ।
लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।
प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडिओमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।
नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्सन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा बनेको हो। गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन्।
Shares

प्रतिक्रिया