खेल


अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो टी-२० सिरिज ‘क्लिन स्विप’

अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो टी-२० सिरिज ‘क्लिन स्विप’

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ९:२५, काठमाडौँ

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। 

सोमबार बिहान भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो। 

नेपालले एक खेलअगावै आइतबार सिरिज जितिसकेको थियो। पहिलो खेल १७ रनले जितेको नेपालले दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले सिरिज जितेको थियो।

सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।

अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।

कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीमा नेपाल अन्तिम खेलमा पनि विजयी भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad