राजनीति


विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ९:३०, काठमाडौँ

संघीय संसद्का विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन्। सोमबार दिउँसो चार बजे विपक्षी दलहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्। 

गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

बैठकले ज्ञापनपत्रको मस्यौदा तयार गर्न माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाललाई जिम्मा दिएको थियो।  

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन्।

ज्ञापनपत्रमा मुख्यरुपमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्नुपर्नेसहितका माग समेटिएको एक नेताले जानकारी दिए। 

गएको बर्खामा सरकारको लापरबाहीले ठूलो जनधनको क्षति भएको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन्। 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad